जनता टाइम्स

२९ श्रावण २०८०, सोमबार १२:१५

‘नक्कली’ भनेर पक्राउ परेका सक्कली डाक्टर थुनामुक्त


काठमाडौं, २९ साउन । ‘नक्कली’ भनेर पक्राउ परेको तर सक्कली भन्ने खुले पछि डा. रञ्जित कुमार यादव थुनामुक्त हुनुभएको छ । ‘नक्कली डाक्टर’ भन्दै गत साउन २६ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले परेका गरेका डा. यादवलाई थुनामुक्त गरिएको हो ।

नक्कली डाक्टरु विरुद्ध अभियान नै चलाएको सीआईबीले अनुसन्धानवाट यादव सक्कली नै भएको खुले पछि उहाँलाई हिरासतमुक्त गरिएको हो ।

नेपाल मेडिकल काउन्सिलले यादवको प्रमाणपत्रको प्रतिलिपि सहितको पत्र सीआईबीलाई आइतबार पठाएको थियो । काउन्सिलको उक्त पत्रपछि सीआईबीले उहाँलाई छाडेको बताईएको छ ।