काठमाडौं, २९ साउन । उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन प्रस्थान गर्नुभएको छ । सातौं चीन–दक्षिण एसिया प्रदर्शनी तथा २७औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन उपराष्ट्रपति यादव सोमबार अपरान्ह चीनको कुन्मिङ प्रथान गर्नुभएको हो ।
उनको बिदाइका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेलगायतका मन्त्रीहरु विमानस्थल पुग्नुभएको थियो ।
यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने मेलाको उद्घाटन समारोहलाई उपराष्ट्रपति यादवले सम्बोधन गर्ने कार्यक्रम छ ।
चीन भ्रमण सकेर उपराष्ट्रपति यादव भदौ ४ गते स्वदेश फर्किने कार्यक्रम छ ।













प्रतिक्रिया दिनुहोस्