काठमाडौं, साउन ३० । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत भारतको गान्धि नगरमा हुने डब्लुएओ डिक्लेरेसनमा भाग लिन भारत प्रस्थान गर्नुभएको छ ।
गुजरातमा डब्लुएचओले आयोजना गरेको गान्धीनगर डिक्लेरेशन २०२३ मा बस्नेतले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हुनुहुन्छ । सो कार्यक्रममा साउथ एसियाका १० वटा राष्ट्रहरुको उच्च तहका राजनीतिक सहभागिता रहने बस्नेतले बताउनुभयो ।
आगामी महिना हुने राष्ट्रसंघको राष्ट्रिय सम्मेलनमा क्षयरोग प्रमुख एजेण्डाको रुपमा रहने भन्दै उहाँले यो सम्मेलन त्यसको तयारीका लागि महत्वपूर्ण हुने बताउनुभयो ।
‘आगामी महिना युएनको जेनरल एसेम्लीमा टिविको एजेण्डा प्रमख एजेण्डा रहने हुँदा युएन हाईलेवल मिटिङको पूर्व तयारीकोरुपमा पनि लिएका छौुं मन्त्री बस्नेतले भन्नुभयो, ‘नेपालले पनि राष्ट्रिय स्तरमा क्षयरोगको अन्त्य गर्न उच्च प्राथमिकता राखेको छ ।’
कार्यक्रमको दौरान भारतीय स्वास्थ्यमन्त्री लगायतसँग बस्नेतले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।













प्रतिक्रिया दिनुहोस्