जनता टाइम्स

३० श्रावण २०८०, मंगलवार १९:१६

सिंहदरबारमा प्रधानमन्त्रीसँग बालेनको भेट


काठमाडौं, ३० साउन । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । लामो समयदेखि संघीय सरकारसँग असन्तुष्ट रहँदै आउनुभएको मेयर बालेनले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीसँग छलफल गर्नुभएको हो ।

सरकारका केही मन्त्रीहरूसमेत सहभागी उक्त छलफल काठमाडौंको सुकुम्वासी समस्या र तीनकुनेको जग्गा मुआब्जाका विषयमा छलफल भएको बताइएको छ । हालैमात्र बालेनले प्रधानमन्त्री दाहालसँग भेटेर यी दुई समस्यालाई सहजीकरण गर्न सरकारसँग आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीले सरोकारवाला मन्त्रीहरूलाईसमेत बोलाएर बैठक राख्नुभएको थियो ।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, भूमिसुधार मन्त्री, सामान्य प्रशासनमन्त्री, सहरी विकास मन्त्री तथा ती मन्त्रालयका सचिवहरूको सहभागिता थियो । बैठकमा महानगरका तर्फबाट मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित ३२ नम्बर वडाका वडाध्यक्ष पनि सहभागी हुनुहुन्थ्या ।