जनता टाइम्स

२० भाद्र २०७६, शुक्रबार २१:१२

धनाढ्यले मात्र चुनाव जित्ने पद्धति सुधारौँ : वरिष्ठ नेता खनाल


झापा, भदौ २०

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अहिलेकै निर्वाचन पद्धति मान्ने हो भने धनाढ्यले मात्र चुनाव जित्ने भन्दै निर्वाचन पद्धतिमा सुधारको खाँचो औँल्याउनुभएको छ ।

भद्रपुर जेसिजको कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले निर्वाचनमा गरीबले समेत उम्मेदवार बनेर जित्न सक्ने पद्धतिको स्थापना गर्न नसकिए लोकतन्त्रबाट जनता टाढिने बताउनुभयो । उहाँले चुनावमा हुने असीमित खर्चको विरोध गर्नुभयो । समाजवादी गन्तब्यतर्फ मुलुकलाई लैजान युवा गम्भीर हुनुपर्ने नेता खनालको भनाइ थियो ।

भद्रपुरमा आजदेखि शुरु भएको जेसीज सम्मेलनमा पूर्वका ३९ जिल्लाका झण्डै आठ अगुवा जेसीजकर्मीको सहभागिता रहेको भद्रपुर जेसीजका अध्यक्ष अनुज खतिवडाले जानकारी दिनुभयो । सम्मेलन दुई दिनसम्म चल्नेछ ।