मकवानपुर, साउन ३२ । हेटौँडा उपमहानगरपालिका स्थित होटलमा बसेका एक युवकले आफ्नै संवेदनशील अंग (लिंग) काटेका छन ।
हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बसेका २२ बर्षीय नवीन हुमागाईले आफ्नै संवेदनशील अंग काटेका हुन ।
प्रहरीका अनुसार मकवानपुरगढी गाउँपालिका–७, नयाँ गाउँ स्थायी ठेगाना भएका हुमागाईले बुधवार राती १० बजेको समयमा आफ्नै संवेदनशील अंग काटेर घाइते भएका हुन ।
प्रहरीका अनुसार संवेदनशील अंग काटेर उपचारको लागि हुमागाई आफै हेटौँडा अस्पताल पुगेका थिए । अस्पतालले थप उपचारको राति १२ बजे चितवन रिफर गरेको थियो ।
प्रहरीका अनुसार बयानको क्रममा हुमागाईले आफैले आफ्नो लिंग काटेको बयान दिएका छन । हुमागाईंको अवस्था हाल मध्यम रहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्