जनता टाइम्स

३२ श्रावण २०८०, बिहीबार १८:४३

ब्रेन ट्युमरबाट पीडित पत्रकार फणि महतको उपचारमा आर्थिक सहयोगको अपिल


बारा, ३२ साउन । रौतहटका पत्रकार फणि महत ब्रेन ट्युमरबाट पीडित हुनुभएको छ । रौतहटको चन्द्रपुर नगरपालिका निवासी पत्रकार महतको एक वर्षभन्दा बढी समयदेखि टाउको ट्यूमरबाट पीडित हुनुहुन्छ । पत्रकार महत एक वर्षभन्दा बढी समय देखि काठमाडौस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भई शल्यक्रियासमेत गरिएको पत्रकार महतलाई पुनः सोही समस्या देखिएपछि थप उपचारको लागि उपचारमा संलग्न चिकित्सकले भारतको नयाँ दिल्ली लानु सुझाब दिएसँगै हाल उहाँ उपचारका निम्ती भारतको नयाँ दिल्लीमा हुनुहुन्छ ।

पत्रकार महतको काठमाडौंमा ब्रेन ट्युमरको उपचारको क्रममा ३५ लाखभन्दा बढी खर्च भएपनि उहाँ पूर्ण रुपमा स्वस्थ हुन नसकेपछि थप उपचारको लागि भारतको नयाँ दिल्लीमा उपचारको तयारीमा हुनुहुन्छ । यति ठूलो रकम खर्चिएर फेरि दिल्लीमा उपचारको लागि उहाँलाई तत्काल १५ लाखभन्दा बढी रकम आवश्यक परेको हुँदा सहयोग गरिदिनु हुन तथा सहयोग जुटाइदिन हुन परिवारले पनि अनुरोध गरेको छ ।

साथै बिहीबार नेपाल पत्रकार महासंघले पनि आर्थिक सहयोग जुटाउन र एक श्रमजीवी पत्रकारको जीवन बचाउनका लागि उपचारमा सहयोग गर्न आफ्ना सबै शाखा समिति, एसोसिएट संस्था र वैदेशिक शाखालाई अपिल गरेको छ । पत्रकार महतको उपचारमा ठूलो धनराशी खर्च हुने भएकाले इच्छुक व्यक्तिले आर्थिक सहयोग गरिदिन अपिल गरिएको छ । सहयोग गर्न चाहने इच्छुक व्यक्तिले नेपाल एसबीआई बैंक लिमिटेडको चपुर रौतहट शाखामा रहेको पत्रकार महतको पत्नि सुनन्दा कार्कीको बैंक खाता नम्बर २३९१५२४३४००२८८ मा रकम जम्मा गरिदिन आग्रह गर्नुभएको छ ।

यस्तै नेपाल पत्रकार महासंघको नविल बैक, घण्टाघर शाखामा रहेको १६९०१०१७५००६३३ मा रकम जम्मा गरिदिन सक्ने पनि महासंघले जनाएको छ । अन्नपूर्ण पोष्टका रौतहट संवाददातासमेत रहनुभएको महत रौतहटको चन्द्रनिगापुरबाट सञ्चालक रेडियो सुप्रिम र कलमपाटी डटकम अनलाइन पत्रिकाको सञ्चालक समेत हो । प्रेस चौतारी नेपालको मधेश प्रदेशको अध्यक्षसमेत रहनुभएको महत करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।