काठमाडौं, २ भदौ । नेपालकै पहिलो फूड रियालिटी शो ‘सेफ नेपाल’ यही भदौ १५ गतेदेखि प्रसारणमा आउने भएको छ । सेफ नेपालले शुक्रबार एक कार्यक्रमका बीच उक्त शोको प्रोमो सार्वजनिक गर्दै रियालिटी शो भाद्र १५ देखि प्रसारण हुने जानकारी दिएको हो । कात्तिक तेस्रो सातादेखि छायांकन सुरु भएको उक्त शोमा ८० जना प्रतिस्पर्धीले भाग लिनुभएको थियो । नेपालमा पाक कलासम्बन्धी पहिलो टेलिभिजन रियालिटी शो गर्न लागिएको हो ।
जुन कान्तिपुर टिभिबाट भाद्र १५ देखी १८ सातासम्म बेलुकी ९ः०० बजे प्रसारण हुनेछ । विजेतालाई २५ लाख पुरस्कार र सेफ नेपालको प्रमाण पत्र दिइनेछ । नायिका प्रियंका कार्की कार्यकारी निर्माता रहेको सेफ नेपालमा मास्टर जज सन्तोष साह, सेफद्वय गणेशबहादुर ढकाल र लक्ष्मणप्रसाद भण्डारी निर्णायकको भूमिकामा हुनुहुन्छ ।
जज सन्तोष साहले नेपालमा सेफलाई पहिले देखीनै निकै नै होच्याउने भएकाले उक्त शोले सेफको पेशाप्रति ईज्जत बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘नेपालमा सेफलाई पहिले देखी नै निकैनै होच्याउने र तल देखाउँने पेशा भनेर बुझिन्छ । सेफ नेपालको यो शोबाट यसमा सहभागी भई विजय हुने र टप १० मा पर्नेबाट यो पेशाको सम्मान बढ्ने छ भन्ने आशा छ ।’
साथै, उहाँले नेपाल खानामा निकै धनि भएको बताउँदै शो मार्फत नेपाली फूडलाई धेरै माथिसम्म लान सकिने बताउनुभयो । उहाँले थप्नुभयो,‘यो शो मार्फत नेपाली फूडलाई धेरै माथिसम्म लान सकिन्छ भन्ने ठूलो आशा छ । यो शोमा देशका बिभिन्न फरक ठाउँबाट फरक–फरक किसिमको खाना खुवाउँनु भएको छ, त्यो देखेर साँच्चिकै हाम्रो नेपाल खानामा निकै धनि छ भन्ने अनुभव भयो ।’













प्रतिक्रिया दिनुहोस्