काठमाडौं, बैशाख २१
जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले फानीको प्रभावले आइतबारसम्म वर्षा र हिमपात हुने जनाएको छ ।
बंगालको खाडीमा आएको चक्रवात ‘फानी’को असर भारतको उडिसा राज्यसँगै नेपालमा पनि परेको हो ।
फानीका कारण नेपालको तराई तथा पहाडी क्षेत्रमा हावाहुरीसँगै वर्षा भएको छ ।
शनिबार पूर्वीसँगै मध्य र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसम विभागले जनाएको छ । यस्तै, मध्यदेखि पश्चिमका केही स्थानमा मेघ गर्जनसहित हावाहुरी र वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्