जनता टाइम्स

३ भाद्र २०८०, आईतवार २२:१२

सशस्त्र प्रहरीद्वारा बोरामा पोको पारेर भारत लॉदै गरिएका दुई बालबालिकाको उद्धार


काठमाडौं, ३ भदौ ।  एक बालक र एकबालबालिकालाई बोरामा राखेर भारत लैजाँदै गरेको अवस्थामा उद्धार गरिएकौ छ । सशस्त्र प्रहरी सशस्त्र बल बाराको टोलीले देवतालगाउँपालिका–३, नन्की अमुवा बस्ने शिवपुजन महतोकी ९ महिने छोरी लक्ष्मी महतो र प्रेमचन्द्र महतोका २ वर्षीय छोरा सत्यमकुमारमहतोलाई उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काका अनुसार बालबालिकालाई बोरामा हालेर लैजानेभारतीय नागरिक २२ वर्षीय ताबरेज आलमलाई पक्राउ गरिएको जानकारी दिनुभयो । सशस्त्रले उनलाई थप अनुसन्धानका लागि बाराप्रहरीमा बुझाएको छ । उद्धार गरिएका बालबालिका अभिभावकलाई जिम्मा लगाइएको छ ।