जनता टाइम्स

५ भाद्र २०८०, मंगलवार १८:३४

राप्रपा नेपाल वरिष्ठ नेतामा भट्टराई नियुक्त


काठमाडौं, ५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले वरिष्ठ नेतामा विष्णुप्रसाद भट्टराईलाई नियुक्त गरेको छ ।

राप्रपा नेपालले पार्टीको विधान बमोजिम वरिष्ठ अधिवक्ता एवम् राजनीतिज्ञ विष्णुप्रसाद भट्टराईलाई पार्टीको वरिष्ठ नेतामा मनोनयन गरिएको जनाएको छ ।

अध्यक्ष कमल थापाले उहाँलाई आज वरिष्ट नेतामा मनोनित गर्नुभएको हो ।