जनता टाइम्स

५ भदौ २०८०, मंगलबार १८:४९

कांग्रेसको निर्वाचन समिति संयोजकमा खाती नियुक्त


काठमाडौं, ६ भदौ । नेपाली कांग्रेस निर्वाचन समिति संयोजकमा खम्मबहादुर खाती नियुक्त हुनुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले रिक्त निर्वाचन समिति संयोजक पदमा खातीलाई नियुक्त गर्नुभएको हो ।

नेपाल बार एशोसिएसनका पूर्वमहासचिव खाती पूर्व महान्यायाधिवक्ता एवं निर्वाचन समितिका पूर्व सदस्य हो ।