जनता टाइम्स

२१ भाद्र २०७६, शनिबार १६:१२

धोनी र गेललाई उछिन्दै वरियतामा पारस अगाडि


काठमाडौं, भदौं २१

नेपाली टोलीका कप्तान पारस खड्काले टि–ट्वान्टी वरियतामा विश्वका दिग्गज ब्याट्सम्यानलाई पछाडी पार्न सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जारी गरेको नयाँ टि ट्विान्टी क्रिकेट वरियतामा पारस ब्याटिङतर्फ २ स्थान तल खस्किदै ६८ स्थानमा पुगेका छन् ।

पारसले भारतीय विकेटकिपर महेन्द्र सिंह धोेनी र वेस्ट इन्डिजन क्रिस गेललाई पछि पारे । धोनी ६९ र गेल ७५ औं स्थानमा छन् । त्यस्तै अलराउन्डरतर्फ पारस २७ औं स्थानमा छन् ।

पारसले अलराउन्डरतर्फ राशिद खान, रोहित शर्मा, हार्दिक पान्ड्या, क्रिस गेल र आन्द्रे रसेल जस्ता स्टार खेलाडीलाई पछि पारेका छन् । राशिद ३० औं , रोहित ३९ औं , हार्दिक ४१ औं , गेल ४३ औं र रसेल ५३ औं स्थानमा छन् ।

अलराउन्डरतर्फ सोमपाल कामी ६७ औं स्थानमा छन् । टि २० बलिङतर्फ वसन्त रेग्मी १ स्थान खस्किदै ७२ औं स्थानमा पुगेका छन् । सोमपाल कामी ७८ औं स्थानमा पुगेका छन् ।