काठमाडौं, ६ बदौ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहनुभएको जापान–नेपाल संसदीय मैत्री समूहका सदस्यहरुले शिष्टाचार भेट गर्नुभएको छ । जापानको माथिल्लो सदनका सदस्य तथा जापान–नेपाल संसदीय मैत्री समूहका सदस्यहरु कोबयासी काजुहिरो र नागाई मानाबुले आज सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ ।
भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापान दुबै देशहरु प्रजातान्त्रिक मूल्य र मान्यतामा समान दृष्टिकोण राख्दै आएको बताउँदै नेपालमा लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुर्याउँदै आएको सहयोगको लागि धन्यबाद दिनुभयो ।
नेपाल र जापानबीच निकट मित्रता, पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित सम्बन्ध रहेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी भेटघाट र द्विपक्षीय छलफलले नेपाल र जापानवीच रहिआएको सौहार्दपूर्ण सम्बन्धलाई अझ प्रगाढ र उच्च बनाउन ठूलो योगदान पुयाएको बिश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपालको सामाजिक–आर्थिक विकासमा जापानको निरन्तर सहयोग रहेको छ भन्दै पूर्वाधारको विकास, गरिबी निवारण, कृषि र साना तथा मझौला उद्योगहरूलाई सहयोग, जनस्वास्थ्य र शिक्षाको सुधार, मानव संसाधनको विकास लगायतमा महत्वपूर्ण क्षेत्रमा गरेको सहयोग प्रति धन्यबाद दिनुभयो ।
जापान नेपालमा प्रत्यक्ष बैदेशिक लगानीको प्रमुख स्रोत देशहरु मध्ये एक भएको बताउँदै अध्यक्ष तिमिल्सिनाले नेपालको बिकास प्राथतमिकताका क्षेत्रहरुमा आगामी बर्षहरुमा जापानी लगानी बढ्ने आशा राख्नुभयो । अन्तर व्यवस्थापिका संघलगायतका संसदीय फोरमहरूमा नेपाल र जापानले सहकार्य गर्दै आएकोमा जोड दिँदै अध्यक्ष तिमिल्सिनाले नेपालमा पनि नेपाल जापान संसदीय मैत्री समुह छिट्टै गठन हुने जानकारी गराउनुभयो ।
भेटमा जापान नेपाल संसदीय मैत्री समुहका सदस्यहरुले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र सुदृढ हुने बिश्वास ब्यक्त गर्नुभएको थियो । नेपाल पनि जापानमा हुने ‘वर्ल्ड एक्सपो २०२५, ओसाका, जापान’ मा सहभागी हुन लागेकोमा खुसी ब्यक्त गर्दै त्यसले नेपालको पर्यटन, ब्यापार लगायतका क्षेत्रमा ठुलो सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।
उनीहरुले नेपाल जापान संसदीय मैत्री समुह छिटै गठन हुने आशा राख्दै मैत्री समुह मार्फत संसदीय अनुभवहरुको आदनप्रसादन गने अपेक्षा राख्नुभयो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेका जापान–नेपाल संसदीय मैत्री समूहका सदस्यहरुले शिष्टाचार भेट गर्नुभएको छ ।
जापानको माथिल्लो सदनका सदस्य तथा जापान–नेपाल संसदीय मैत्री समूहका सदस्यहरु कोबयासी काजुहिरो र नागाई मानाबुले बुधबार सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ । भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापान दुबै देशहरु प्रजातान्त्रिक मूल्य र मान्यतामा समान दृष्टिकोण राख्दै आएको बताउँदै नेपालमा लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुर्याउँदै आएको सहयोगको लागि धन्यबाद दिनुभयो ।
नेपाल र जापानबीच निकट मित्रता, पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित सम्बन्ध रहेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी भेटघाट र द्विपक्षीय छलफलले नेपाल र जापानवीच रहिआएको सौहार्दपूर्ण सम्बन्धलाई अझ प्रगाढ र उच्च बनाउन ठूलो योगदान पुयाएको बिश्वास व्यक्त गर्नुभयो ।
उनले नेपालको सामाजिक–आर्थिक विकासमा जापानको निरन्तर सहयोग रहेको छ भन्दै पूर्वाधारको विकास, गरिबी निवारण, कृषि र साना तथा मझौला उद्योगहरूलाई सहयोग, जनस्वास्थ्य र शिक्षाको सुधार, मानव संसाधनको विकास लगायतमा महत्वपूर्ण क्षेत्रमा गरेको सहयोग प्रति धन्यबाद दिनुभयो ।
जापान नेपालमा प्रत्यक्ष बैदेशिक लगानीको प्रमुख स्रोत देशहरु मध्ये एक भएको बताउँदै अध्यक्ष तिमिल्सिनाले नेपालको बिकास प्राथतमिकताका क्षेत्रहरुमा आगामी बर्षहरुमा जापानी लगानी बढ्ने आशा राख्नुभयो । अन्तर व्यवस्थापिका संघ लगायतका संसदीय फोरमहरूमा नेपाल र जापानले सहकार्य गर्दै आएकोमा जोड दिँदै अध्यक्ष तिमिल्सिनाले नेपालमा पनि नेपाल जापान संसदीय मैत्री समुह छिट्टै गठन हुने जानकारी गराउनुभयो ।
भेटमा जापान नेपाल संसदीय मैत्री समुहका सदस्यहरुले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र सुदृढ हुने बिश्वास व्यक्त गर्नुभएको थियो । नेपाल पनि जापानमा हुने ‘वर्ल्ड एक्सपो २०२५, ओसाका, जापान’ मा सहभागी हुन लागेकोमा खुसी ब्यक्त गर्दै त्यसले नेपालको पर्यटन, ब्यापार लगायतका क्षेत्रमा ठुलो सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो । उनीहरुले नेपाल जापान संसदीय मैत्री समुह छिटै गठन हुने आशा राख्दै मैत्री समुह मार्फत संसदीय अनुभवहरुको आदनप्रसादन गने अपेक्षा राख्नुभयो ।














प्रतिक्रिया दिनुहोस्