काठमाडौं, ६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले बाहिर हल्ला गरेजस्तो एमाले संसद् विरोधी दल नभएको बताउनुभएको छ । आजको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले सत्ता पक्षलाई सदन नचाहिए पनि एमालेलाई सधै संसद् चाहिएको उहाँले बताउनुभयो ।
‘यो दशवटामध्ये पाँच बैठक सत्ताको अनुरोधमा सूचना टाँसेर बैठक स्थगन, तीनवटा बैठक हल्ला गरेर चलेको । दुईवटा बैठकमा गृहमन्त्रीले जवाफ दिनुभएको थियो । बाहिर विभिन्न ढंगले हल्ला चलायो एमालेले संसद् अवरोध गर्यो । यो सदन सत्तालई चाहिन्छ, चाहिँदैन तर, नेकपा एमालेलाई चाहिन्छ,’ उहाँले भन्नुभयो ।
अविश्वासको प्रस्ताव दर्ता हुँदा मनमोहन अधिकारीले शिक्षण अस्पतालको बेडबाट सदनलाई सम्बोधन गरेर राजीनामा पेस गरेको उदाहरण प्रस्तुत गर्दै उहाँले एमालेलाई संसद् अत्यन्तै प्रिय लाग्ने जिकिर गर्नुभयो । साथै उहाँले एमालेलाई सीआईबी विरोधी हो भन्ने भाष्य निर्माण गर्न खोजिएको पनि दाबी गर्नुभयो ।














प्रतिक्रिया दिनुहोस्