काठमाडौं, ७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गरिने बताउनुभएको छ ।
काठमाडौंको टुँडिखेलमा बिहीबार आयोजित समारोहमा प्रचण्डले सुदूरपश्चिमका जनताको भावनालाई कदर गरेर जानुपर्छ भन्ने मान्यताका साथ गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गरेर जाने बताउनुभयो ।
यस विषयमा बुधबार बसेको मन्त्रिपरिषद बैठकमा पनि छलफल भएको उहाँल ेबताउँनुभयो । गौरा पर्वका अवसरमा देशभर सार्वजनिक बिदाको निर्णय पनि गर्ने उहाँले घोषणा गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्