जनता टाइम्स

७ भाद्र २०८०, बिहीबार १९:१५

कोशीका मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै अनसन बसेका युवक पक्राउ


काठमाडौं, ७ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै अनसन बसेका युवक पक्राउ परेका छन् । प्रहरीले सर्वोच्च अदालतको गेटमा अनसन बस्न गएका देव शर्मालाई पक्राउ गरेको हो ।

कोशी प्रदेश सरकारमा मुख्यमन्त्री र सत्तागठबन्धनका सांसदहरुले संविधान बिपरित गतिबिधि गरेको भन्दै शर्मा सर्वोच्चमा रिट दर्ता गर्न पुगेका थिए ।

तर, सर्वोच्चले उनको रिट दर्ता नगरेपछि अनसन बसेका हुन् । शर्मा कोशी प्रदेश स्थित बिराटनगरका युवा हुन् । उनी सामाजिक तथा राजनीतिक क्रियाकलापमा पछिल्लो समय निकै सक्रिय रहँदै आएका छन् ।