जनता टाइम्स

८ भाद्र २०८०, शुक्रबार १०:३१

बिराट दरबार अवलोकन गर्दै एमाले अध्यक्ष ओली


बिराटनगर, भदौ ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिराट दरबार क्षेत्र निरिक्षण गर्ने हुनुभएको छ ।

शनिवारदेखि सुरु हुने पार्टीका सचिवालय बैठकमा सहभागी हुनका लागि आज बिराटनगर आउन लाग्नुभएका अध्यक्ष ओलीले बिराट दरबार क्षेत्रको निरक्षण गर्न लाग्नुभएको हो ।

तत्कालिन नेकपा मालेको चौथो महाधिवेशन स्थल सिराहामा आयोजना गरिएको पार्टी सचिवालयको बैठकमा सहभागी हुनका लागि एमाले अध्यक्ष ओली आज विराटनगर आउने कार्यक्रम छ ।

यस्तै आलीले आज साँझ पाँच वजे होटल ह्यारिसनमा उद्योगी व्यावशायीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओली शनिवार बिहान सिरहा जानुहुनेछ । जहाँ पार्टीको सचिवालय बैठक राखिएको छ ।

सिराहाको धनगढीमाई नगरपालिकामा अबस्थित विष्ण्पुरकटीमा पार्टीको सचिवालय बैठक आयोजना गरिएको छ । मदन भण्डारी महासचिव बन्नुभएको चौथो महाधिवेशनपछि पहिलो पटक सिरहाको बिष्णुपुरमा एमाले सचिवालय बैठक बस्न लागेको हो ।

२०४६ साल भदौ ९–१४ मा सम्पन्न तत्कालिन नेकपा मालेको चौथो महाधिवेशनले मदन भण्डारीलाई पार्टी महासचिव निर्वाचित गरेको थियो। जसकाकारण पनि एमालेका लागि सो स्थान ऐतिहासिक मानिएको छ।