जनता टाइम्स

२२ भाद्र २०७६, आईतवार ०८:२७

युरोकप – पोर्चुगलले सर्वियालाई ४–२ गोल अन्तरले हरायो


काठमाडौं,, भदौ २२  युरोकप छनोट अन्तर्गत पोर्चुगलले सर्वियालाई ४–२ गोल अन्तरले हराएको छ ।

नेसन्स कपको विजेता पोर्चुगलले ४२ औ मिनेटमा विलियम कार्वाल्होले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । गोनकलो गेदेसले ५८ औ मिनेटमा पोर्चुगलको अग्रता दोब्बर पारे ।

६८ औ मिनेटमा सर्वियाका मिलिनकोभिकले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । ८० औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई ३–१ ले अघि बढाए ।

मित्रोभिकले ८५ औ मिनेटमा गोल गर्दै गोल अन्तर घटाउने काम गरेका थिए । तर खेल सकिन चार मिनेट बाँकी छदाँ बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई फराकिलो जित दिलाए । समूह बीको दोस्रो स्थानको पोर्चुगलले तीन खेलबाट ५ अंक जोडेको छ ।