जनता टाइम्स

१० भाद्र २०८०, आईतवार १२:२०

सन्दीप लामिछानेविरुद्धको मुद्दा पाँचौँ नम्बरमा


काठमाडौं, १० भदौ । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा आक्ष्तबार सुनुवाइ हुन लागेको हो ।

न्यायाधीश पण्डितको इजलासमा पाँचौँ नम्बर सन्दीपविरुद्धको मुद्दाको पेसी चढाइएको छ ।

सन्दीपविरुद्ध जबरजस्ती करणीको अभियोग छ । आइतबारबाट हुने भनिएको सुनुवाइ फैसला हुने बताइएको छ । तर, पटक–पटक सुनुवाइ स्थगित हुँदै आएको छ ।