जनता टाइम्स

११ भाद्र २०८०, सोमबार ०९:५०

ट्रम्पको मगसट बिक्री गरेर उठाइयो ७.१ मिलियन डलर


वासिंगटन डिसी, भदौं ११ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले उनको ‘मग सट’ प्रिन्ट गरेर ७.१ मिलियन डलर उठाएको छ ।

बिहीबार जर्जियाको एटलान्टाको जेलमा उनको पुलिसले ‘मग शट’ लिए पछि त्यो तस्विर बिभिन्न बस्तुमा प्रिन्ट गरी बिक्री गरेर सो बराबर पैसा उठाएको हो ।

पूर्व राष्ट्रपति ट्रम्प रिसाएको अनुहार भएको ‘मग सट’लाइ कफी पट, टी–सर्ट, पेय सामाग्री कुलर जस्ता व्यापारिक सामानहरूमा प्रिन्ट गरेर बजारमा लगिएको थियो । प्रहरीले त्यो बेला लिएको मग सटलाइ ट्रम्पका चुनावी अभियानले आर्थिक संकलनको माध्यम बनाएका छन् ।