जनता टाइम्स

११ भाद्र २०८०, सोमबार १५:३२

डा. उज्जवल कोइराला सम्पर्कविहीन, सप्तकोसी किनारमा मोबाइल र जुत्ता भेटियो


उदयपुर, ११ भदौ । झापा दमकका डाक्टर उज्ज्वल कोइराला सम्पर्कविहीन हुनुभएको छ । तर, सप्तकोशी नदी किनारमा भने उहाँले लगाएको जुत्ता र मोबाइल फेला परेको छ ।

उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर सम्पर्कविहीन हुनुभएको उहाँले लगाएको जुत्ता र उनले चलाउने मोबाइल सप्तकोशी नदी किनारमा भेटिएको हो ।

उहाँको उदयपुर र सुनसरी प्रहरीले खोजी गरिरहेको छ । यसबारे प्रहरीले पनि अनुसन्धान थालेको छ ।