जनता टाइम्स

१२ भाद्र २०८०, मंगलवार १९:३३

माछा मार्नेक्रममा डुबेर झापामा एकको मृत्यु


झापा, १२ भदौ । बिर्तामोडमा माछा मार्नेक्रममा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । आज बिहान बिर्तामोड नगरपालिका १० तेलकानी निवासी २६ वर्षीय दिनेश हस्दाको घर नजिकैको पानी जमेको पैनीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।

आज बिहान हस्दा घर नजिकैको पैनीमा माछा मार्न गएका थिए । माछा मार्ने क्रममा पैनीमा डुबेर घाइते हुनुभएको उहाँलाई तत्काल उद्धार गरी अस्पताल लगिएको थियो । हस्दाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।