शुभनारायण कामती/सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिकामा एक दिने एकिकृत घुम्ती सेवा अभियान शनिवार सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाको आयोजना तथा बरियारपट्टी गाउँपालिकाको समन्वय तथा सहयोगमा एकिकृत धुम्ती सेवा अभियानको आयोजना गरिएको थियो ।
सदरमुकाम सिरहा गएर नागरिकता लिन नसकेका नागरिकलाइ गाउँमै नागरिकता, निःशुल्क स्वास्थ्य उपचार, फोटो सहितको मतदाता परिचय पत्र, पशु स्वास्थ उपचार सेवा, निःशुल्क बोट विरुवा तिरण लगाएतका सेवा प्रदान गर्नका लागि अभियानको आयोजना गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताउनुभयो ।
बरीयारपट्टी गाउँपालिकाका जनतालाई सदरमुकाम सिरहा आउजाउ गर्न निकै कठिनाई भएकाले नागरिकताबाट वञ्चित थिए । हुलाकी सडकको जीर्ण अवस्था, गागन नदीमा पुल नहुँदा सर्वसाधारणहरु जिल्ला सदरमुकाम गएर नागरिकता लिन झन्झट मान्थे तर आज गाउँपालिकामै एकिकृत धुम्ती शिविर (सेवा) पाएकोमा यस गाउँपालिकाका जनता धेरै खुशी हुनु को साथै सर्वधारणहरु सेवा लिन झुम्मिएको बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतोले जानकारी दिनुभयो ।
एकिकृत धुम्ती सेवा अभियानमा नागरिकता, मतदाता परिचयपत्र, कृषि, स्वास्थ, शिक्षा र पशुसेवा सम्बन्धि उपचार तथा परामर्श सेवा प्रदान गरिएको बिरयारपट्टी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंहले बताउनुभयो । एकदिने घुम्ती शिविरमा १ सय ४५ जनाले नागरिकता पाएका छन् । त्यसमा ८१ जना महिला र ६४ जना पुरुषले नागरिकता लिएका छन् । त्यस्तै १२ सय ४२ जनाले पशु सेवा, ३ सय ७९ जनाले स्वास्थ्य सेवा, १ सय ५५ जनाले आयुर्वेद सेवा, १ सय ४५ जनाले मतदाता परिचय पत्रलगायतका सेवा लिएको गाउँपालिकाका उपाध्यक्ष रेखा यादवले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्