धनगढी, १४ भदौ । कैलालीको धनगढीमा सवारी दुर्घटनामा परेका एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ कनरीमा मोटरसाइकल दुर्घटनामा परेर बझाङका चक्रबहादुर बोहरा घाइने हुनुभएको थियो ।
मंगलवार राति कनरीबाट धनगढी आउदै गरेको सुपप्र ०१००८ प ५७६५ नम्बरको मोटरसाइकलमा सवार बोहरा दुर्घटनामा घाइते हुनुभएको थियो ।
उहाँको उपचारका क्रममा सेती अस्पतालमा मृत्यु भएको हो । कैलाली प्रहरीका अनुसार ३५ वर्षीय बोहराको घर बझाङको केदारसियू गाउँपालिका वडा नम्बर ५ हो। मोटरसाइकल अनियन्त्रीत भएर दुर्घटना भएको कैलाली प्रहरीले बताएको छ ।













प्रतिक्रिया दिनुहोस्