डडेल्धुरा, १४ भदौ । डडेल्धुरामा एक किशोरी मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको आलिताल गाउँपालिका–३ भुङडाका गणेश महराकी १७ वर्षीया श्रीमती पार्वती विष्ट महरा (प्रिया) मृत अवस्थामा फेला परेकी प्रहरीले बताएको छ ।
जोगबुडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगन सिंह भाटका अनुसार एक वर्ष पहिले भागेर विवाह गरेकी प्रिया आज बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । घटनाको कारण भने नखुलेकाले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्