जनता टाइम्स

२२ भाद्र २०७६, आईतवार १६:१८

पेट्रोलियम पाइपलाइनको मंगलबार संयुक्त उदघाटन गर्दै प्रधानमन्त्री ओली–मोदी, यस्तो छ अन्तिम तयारी


काठमाडौं, भदौ २१ । नेपाल र भारतका प्रधानमन्त्रीले मंगलबार पाइपलाइनको औपचारिक उद्घाटन गर्नुहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट स्विचमार्फत पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम तय भएको अमलेखगञ्ज डिपो प्रमुख प्रदिप यादबले जानकारी दिनुभयो ।

उद्घाटनसँगै नियमित रुपमा तेल आयत हुनेछ । उहाका अनुसार नेपाल र भारतका प्रधानमन्त्रीले एकैपटक स्वीच थिचेपछि अमलेखगञ्जमा निगमका कार्यकारी निर्देशकले डब्बा (भाँडो) थापेर उद्घाटन गर्नुहुनेछ ।

कम्प्युटरकै माध्यमले पाइपलाइन बन्द र खुला गर्न अमलेखगञ्जमा कन्ट्रोल रुम राखिएको प्रमुख यादबले जानकारी दिनुभयो । उहाका अनुसार पेट्रोलियम पाइपलाइनलको क्षमता दैनिक २० घण्टासम्म संचालन हुन सक्नेछ ।

दैनिक रूपमा ३० हजार किलोलिटर तेल पाइपबाट आउँछ । पाइपलाइनबाट तेल आएको दिनदेखि नै बजारमा पठाइने आयल निगमका कार्यकारी निर्देशक पौडेलले जानकारी दिनुभयो ।