काठमाडौं, १५ भदौ । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना हुनुभएको छ । मुटुमा केही असहज भएपछि शाह आज मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना हुनुभएको हो । अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माका अनुसार पारसको स्वास्थ्य अवस्था हाल सामान्य छ ।
मुटुमा यसअघि पनि समस्या देखिएको र आईसीडी राखिएकोले २४ घण्टा सुपरिवेक्षणका लागि भर्ना गर्ने निर्णय लिइएको उहाँको भनाइ छ । पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुग्नुभएको छ ।












प्रतिक्रिया दिनुहोस्