जनता टाइम्स

१६ भाद्र २०८०, शनिबार ११:२४

अनेरास्ववियु कोशीको अध्यक्षमा जिबी गजल सर्वसम्मत, यी हुन अन्य पदाधिकारी


विराटनगर, भदौ १६ । नेकपा एमालेनिकट अनेरास्ववियुको कोशी प्रदेश अध्यक्षमा सुनसरीका जिबी गजल सर्वसम्मत चयन हुनुभएको छ ।

शुक्रवार विराटनगरमा शुरु भएको अधिवेशनले विद्यार्थी नेता गजललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको केन्द्रीय कमिटी सचिव आरती भट्टराईले जानकारी दिनुभयो । अधिवेशनले उपाध्यक्षमा धनकुटाका अकित थापा, झापाका नारायण पोखरेल र सचिवमा मोरङका सन्तोष घिमिरे चयन हुनुभएको छ ।

यसैगरी सहसचिवमा उदयपुरका प्रवेश ठकुरी, इलामा पारस राई, झापाकी लक्ष्मी न्यौपाने, तेह्रथुमकी रन्जना घतानी चयन हुनुभएको छ भने कोषध्यक्षमा नवराज घिमिरे चयन हुनुभएको छ ।

अनेरास्वबियुका अध्यक्ष समिक बडालले उद्घाटन गरेर्नुभएको अधिवेशनमा एमाले र अखिलका विभिन्न नेताले शुभकामना दिनुभएको थियो ।