जनता टाइम्स

१६ भाद्र २०८०, शनिबार १५:४३

पुर्व युवराज पारश शाह भए डिस्चार्ज


काठमाडौं, १६ भदौं । पूर्व युवराज पारस शाह डिस्चार्ज हुनुभएको छ । मुटुसम्बन्धी समस्याका कारण मन्डिखाटार, काठमाडौंस्थित ह्याम्स अस्पताल भर्ना हुनुभएको शाह आज डिस्चार्ज हुनुभएको हो ।

मुटु अचानक दुखे पछि शुक्रवार साँझ उहाँलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।

पारसको अवस्था सामान्य भएपछि चिकित्सकहरुको सल्लाह अनुसार डिस्चार्ज गरिएको ह्याम्स अस्पतालले जनाएको छ । मुटु सबन्धी समस्या परेका पुर्व युवराज शाहको स्वास्थ्य स्थीतिका बारेमा थप बिवरण सार्बजनिक गरिएको छैन ।