जनता टाइम्स

१६ भाद्र २०८०, शनिबार १७:१४

अभिनेत्री निरुता सिंहले गरिन बिबाह


काठमाडौं, १६ भदौं । अभिनेत्री निरुता सिंह बैबाहिक जीवनमा बाँधिनुभएको छ । हाल मुम्बईमा रहदै आएकी नेपाली चलचित्रको चर्चित नायिका सिंहले मुम्बईका संजीभ गुलाटीसँग बिबाह गर्नुभएको हो । उहाँले सो जानकारी आफैले सामाजिक सञ्जालबाट दिनुभएको छ । दक्षिणा, आफान्तजस्ता दर्जनौ हिट फिल्म दिनुभएको अभिनेत्री सिंहले फेसबुकमार्फत सो जानकारी गराउनुभएको हो ।

सामाजिक सञ्जालमा लेख्नुभएको छ,

‘मलाई माया गर्नु हुने मेरो सम्पूर्ण घर परिवार, आफ़न्त तथा छर छिमेकहरु, मेरा चलचित्रकर्मी साथीभाई अनि अग्रज व्यक्तित्वहरु, बिभिन्न माध्यमका संचारकर्मीहरुलगायत मलाई माया गरेर मेरो चरलचित्र हेरेर मेरो चलचित्रलाई सफल बनाई मलाई ‘निरुता सिंह’बनाईदिनु हुने मेरा सम्पूर्ण माननीय, पूजनीय अनि ढोगनीय दर्शक महानुभावहरुको यतीका वर्ष देखीको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुँदैन थियो । त्यो हो ‘निरुताजी बिहें कहिले गर्ने ?’

भन्ने प्रश्न ‘आज तेसै प्रश्नको जवाब दिन गई रहेको छु । तपाईहरुको निरुता सिंहले गत बिहिबारका दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाठो जोडेको छ । हजुरहरु सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु । चाँडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउनेछु । धेरै–धेरै माया !’