जनता टाइम्स

२२ भाद्र २०७६, आईतवार १७:५९

तीन दिने भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा, भोली महत्वपूर्ण भेटवार्ता


काठमाडौं, भदौ २२

चिनका विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुग्नु भएको छ । पाकिस्तानको इस्लामावादबाट उहा आज साँझ ६ बजे आइृपुग्नु भएको हो ।

खराब मौषमका कारण उहाको आगामन करिव २० मिनेट ढिलो भएको थियो । भिजिविलिटी कम भएपछि उहाको विमानले नेपाली आकाशमा केही समय होल्ड गर्नुपरेको थियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै उहा सोल्टी क्राउन प्लाजा होटलतर्फ जानु भएको बताइएको छ । उहालाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका छन् ।

तीन दिने बसाईका क्रममा उहाको महत्वपूर्ण भेटघाट भने सोमबार मात्र हुनेछ । वाङले नेतृत्व गर्ने १५ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलले सोमबार नै राष्ट्रपति र प्रधानमन्त्रीसँग अपरान्ह भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ ।

परराष्ट्रस्रोतले दिएको जानकारी अनुसार सोमबार दिउँसो ३ः३० बजेदेखि ४ः३० बजेसम्म परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डल र चिनियाँ प्रतिनिधिमण्डलबीच होटल याक एण्ड यतीमा दुई पक्षीय वार्ता हुनेछ। त्यसलगत्तै दुई पक्षीय प्रतिनिधिबीचमा केही सम्झौताहरूमा हस्ताक्षर हुँदैछ।

सोमबार साँझ ५ बजेदेखि ५ः४५ बजेसम्म ४५ मिनेट वाङको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाको निवास बालुवाटारमा भेटवार्ता गर्ने छ। त्यसपछि विदेशमन्त्री वाङको टोली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि शितल निवास जाने कार्यक्रम छ । राष्ट्रपति भण्डारीसँग वाङले बेलुकी ६ बजेदेखि ६ः४० बजेसम्म ४० मिनेट भेटवार्ता गर्ने बताइएको छ । आइतवारको कार्यतालिका भने कसैले पनि सार्वजनिक गरेको छैन ।

भदौं २४ गते विदेशमन्त्री वाङले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ। अध्यक्ष दाहालसँग बिहान ९ बजेदेखि ९ः३० बजेसम्म आधा घण्टा भेटवार्ता गरेपछि वाङको टोलीले देउवासँग ९ः३० बजेदेखि १० बजेसम्म आधा घण्टा भेट्ने कार्यसूची तय भएको छ। यद्यपी दुवै भेटको स्थान भने खुलाइएको छैन । वाङको प्रतिनिधिमण्डल मंगलबार दिउँसो १ बजे विशेष विमानबाट चीन फर्कने कार्यक्रम छ ।