जनता टाइम्स

२२ भाद्र २०७६, आईतवार १८:४४

नेपाल ओलम्पिक कमिटीको निर्वाचनको बाटो खुला, अन्तरिम आदेशले पाएन निरन्तरता


काठमाडौं, भदौ २२ । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनका लागि बाटो खुला गरेको छ । सर्वाेच्चका न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासले भदौ १७ गते एनओसीको कार्यसमिति निर्वाचन रोक्न दिएको अन्तरिम आदेशलाई आइतबार निरन्तरता नदिएपछि निर्वाचनका लागि बाटो खुलेको हो ।

सर्वोच्च अदालतको आदेशसँगै एनओसीको भदौ २० गतेका लागि तय गरिएको निर्वाचन स्थगित भएको थियो । अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित गरिएको जनाइएको थियो । सर्वोच्च अदालतले २०६७ सालमा मान्यता दिएको नेपाल ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको एनओसीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश टङ्कबहादुर मोक्तानको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतले दुवै पक्षलाई छलफलका लागि आज बोलाएपछि निर्वाचन गर्न पाउने भएको हो ।