जनता टाइम्स

१७ भाद्र २०८०, आईतवार १९:१७

सदस्य–सचिव घिसिङ श्रीलंका प्रस्थान


काठमाडौं, १७ भदौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ आइतबार श्रीलंका प्रस्थान गर्नुभएको छ । एसिया कपमा सहभागी नेपाली क्रिकेट टोलीको हौसला बढाउन सदस्य–सचिव घिसिङ श्रीलंका प्रस्थान गर्नुभएको हो । एसिया कपको समूह चरणको आफ्नो दोश्रो खेलमा नेपालले सोमबार भारतसंग खेल्दै छ ।

सदस्य–सचिव घिसिङसंगै राखेपका सदस्य लेखबहादुर (एलबी) क्षेत्री पनि श्रीलंका प्रस्थान गर्नुभएको छ । सदस्य–सचिव घिसिङलाई राखेपका निमित्त सदस्य–सचिव अञ्जन धमला, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, खेलकुद विकास विभागका प्रमुख मिनकुमार शर्मा र संघ संस्था समन्वय शाखकका प्रमुख चन्द्रकुमार राईले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो ।