काठमाडौं, १८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेट्नुभएको हो । सो क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको छ ।
साथै उहाँहरुको समसामयिक, राजनीतिक विषयमा पनि कुराकानी भएको बताइएको छ । यही ३० भदौमा प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ । त्यतैबाट प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने कार्यक्रम छ ।













प्रतिक्रिया दिनुहोस्