काठमाडौं, १८ भदौ । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले नेपाली क्रिकेट खेलाडीलाई दिने भनिएको रकम उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा उहाँले विभिन्न देशसँग खेलेर जितेका नेपाली खेलाडीलाई दिने भनिएको रकम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपलब्ध नगराएको भन्दै ध्यानाकर्षण गराउनुभएको हो ।
सरकार घोषणाअनुसार प्रत्येक १७ लाख रुपैयाँ पाउनुपर्ने भए पनि हालसम्म उपलब्ध नगराएको भन्दै उहाँले आपत्ति पनि जनाउनुभयो ।
भोके पेटमा खेलाडीले क्रिकेट खेलिरहेको भन्दै उहाँले शुभकामना दिँदैमा मनोबल उच्च नहुने बताउनुभयो । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले एक वर्षमा २७ करोड आम्दानी गरिरहँदा नेपाली टिमका कप्तान रोहित पौडेलका सात लाख २० हजारभन्दा बढी नभएको भन्दै उहाँले क्रिकेट खेलाडीलाई दिने भनिएको रकम दिन आग्रह गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्