जनता टाइम्स

१९ भाद्र २०८०, मंगलवार १७:२३

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डको सिंहदरबारमा भेट


काठमाडौं, १९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको छ ।

आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा उहाँहरुबीच संसदमा विचाराधीन अवस्थामा रहेका विधेयकका सम्बन्धमा पनि कुराकानी भएको छ ।

अमेरिका र चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले आफ्नो विदेश भ्रमणकाबारेमा पनि जानकारी गराउँदै सुझाव माग्नुभएको हो ।