काठमाडौं, भदौ १९ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जारी एसिया कप क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टाेलीले भारत र पाकिस्तान विरुद्ध उत्कृष्ट प्रदर्शन गरेकाे भन्दै प्रशंसा गर्नुभएकाे छ ।
मंगलबार बधाई तथा शुभकामना सन्देश जारी गर्दै पूर्व राष्ट्रपति भण्डारीले भारत र पाकिस्तान जस्ता क्रिकेटकाे लामाे इतिहास भएका र विश्वकप जितिसकेका व्यवसायिक टीमसँग उत्कृष्ट प्रदर्शन गरेकाे भन्दै नेपाली टाेलीकाे प्रशंसा गर्नुभएकाे हाे ।
‘भारत र पाकिस्तान जस्ता क्रिकेटकाे लामाे इतिहास भएका र विश्वकप जितिसकेका उच्च व्यवसायिक टीमसँगकाे प्रतिष्पर्धामा उत्कृष्ट प्रदर्शन गरी विश्व क्रिकेट प्रेमीहरुकाे मन जित्न सफल भएकाे छ,यसबाट नेपाली क्रिकेटकाे विकासमा नयाँ सम्भावनाकाे ढाेका खुलेकाे छ’- उहाँले लेख्नुभएकाे छ ।
नेपाली क्रिकेट टाेलीकाे उच्च तहकाे नयाँ सुरूआत सबैकाे निम्ति खुशी र गर्वकाे विषय भएकाे उहाँले सन्देशमा उल्लेख गर्नुभएकाे छ ।उहाँले खेलाडी, प्रशिक्षक एवं नेपाल क्रिकेट संघ (क्यान) लाई बधाई समेत दिनुभएकाे छ ।
पूर्व राष्ट्रपति भण्डारीले मलेसियमा जारी टी-२० महिला विश्व कप छनौटमा पनि महिला क्रिकेट टीमले उत्कृष्ट प्रदर्शन गरिरहेको भन्दै खुशी व्यक्त गर्नुभएकाे छ । उहाँले थप सफलताको कामना पनि गर्नुभएकाे छ ।
क्रिकेटसँग सम्बन्धित पूर्वाधार र निर्माणका साथै खेलाडीकाे क्षमता विकासमा लगानी बढाउन सकेमात्र क्रिकेटले व्यवासयिक र प्रतिष्पर्धी क्षमतम विकास गर्न सक्ने समेत पूर्व राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभएकाे छ
प्रतिक्रिया दिनुहोस्