काठमाडौं, २० भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व बुधबार देशभर श्री कृष्णको पूजाआजा र दर्शन गरेर मनाइँदै छ ।
ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजन र दर्शनार्थीको घुइँचो लागेको छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा यस दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्