जनता टाइम्स

२३ भाद्र २०७६, सोमबार ०८:४५

रविन्द्रका सपनादेखर दंग परे चिनियाँ विदेशमन्त्री वाङ


काठमाडौं, भदौ २३

चिनिया विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमणका क्रममा आइतवार काठमाडौं आउनु भएको छ । १६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहा आइतवार साँझ ६ बजेतिर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभयो ।

खराब मौषमका कारण करिव १५ मिनेट आकाश मै होल्ड गरेको उहाको विमान साँझ ५ बजेर ५७ मिनेटमा विमानस्थलमा ल्याण्ड गरेको थियो । विमानस्थलबाट निस्कनु भएका विदेशमन्त्री वाङको नजर बुटिक विमानस्थलमा सजिएका श्रृगारतर्फ गयो । चार वर्ष अगाडी नेपाल आउदाको भन्दा भिन्दै विमानस्थल देखेपछि उहाले केही बेर त्यसको अवलोकन गर्नुभयो ।

सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउने घोषणा गरेर त्यसको तयारीलाई अन्तिम चरणमा पु¥याउदैछ । पर्यटन बर्ष मनाउने तयारी गरिरहँदा तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीको योजनामा विमानस्थलाई बुटिक बनाउने लक्ष्य लिनु भएको थियो । उहाकै योजना अनुसार विमानस्थलका भित्तामा नेपाली मौलिकता झल्कने तस्विरहरु राख्ने, रंगरोगन गर्ने देखि विभिन्न कार्य हुदै आएका थिए । सोही क्रममा विदेशमन्त्री वाङले भित्तामा राखिएका तस्विरका बारेमा सोधपुछ गर्नुभएको थियो ।

उहाले नेपाल–चीनको सिमामा रहेका हिमाल देखाउदै जानकारी लिनु भएको थियो । जसलाई नेपालस्थित चिनियाँ राजदूत होउ यानछीले जानकारी गराउनु भएको थियो । करिव १० मिनेट जति अवलोकन गरेपछि उहाले आफुलाई विमानस्थलले आकर्षित गरेको बताउनु भएको थियो । विमानस्थलबाट बाहिरिए लगत्तै उहा होटल प्रस्थान गर्नुभएको थियो ।