लमजुङ २१ भदौ । बेसीशहर नगरपालिका वडा नं। ११ ले वडा भित्रका प्रत्येक टोलमा स्टेचर वितरण गरेको छ ।
वडाको आर्थिक बर्ष ०८०–०८१ को बजेटबाट १० वटा टोललाई स्टेचर प्रदान गरेको हो । वडा नं. ११ का वडा अध्यक्ष शिव जोशीले एक कार्यक्रमका बीच ११ वटा स्टेचर टोलसुधार समितिका अध्यक्षहरुलाई हस्तान्तरण गर्नुभएको हो ।
विपद् जतिखेर पनि आउन सक्ने भएकाले प्रतिकार्यका लागि टोलटोलमा स्टेचर प्रदान गरिएको वडाध्यक्ष शिव जोशीले बताउनुभयो । सदरमुकाम भएर पनि सबै टोल र बस्तीमा यातायातको पहुँच नपुगेकाले गर्भवती, सुत्केरी, बिरामी र विपद्का घटनामा घाइते भएकालाई तत्काल अस्पतालसम्म पुर्याउन स्टेचर आवश्यक पर्ने भएकाले वडा कार्यालयले स्टेचर खरीद गरेर वितरण गरेको उहाँले बताउनुभयो।
आर्थिक बर्ष ०८०–०८१ मा वडाले स्टेचर खरीदका लागि ४५ हजार रुपैयाँ रकम छुटाएको वडाले जनाएको छ । ’जहाँ आवश्यक पर्छ त्यही दिन्छौं,’ उहाँले भन्नुभयो, ’ हाम्रो जस्तो भौगोलिक विकट ठाउँमा स्टेचरको आवश्यकता निकै महसुस भएकोले खरिद गरिएको हो ।













प्रतिक्रिया दिनुहोस्