जनता टाइम्स

२१ भाद्र २०८०, बिहीबार १५:३१

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको प्राथमिकताबारे सदनलाई जानकारी गराउन एमालेको माग


काठमाडौं, २१ भदौ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको एजेण्डा र प्राथमिकताहरुबारे सदनलाई जानकारी गराउन र छलफल चलाउन माग गर्नुभएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उहाँले प्रधानमन्त्री प्रचण्ड चीन जानुअघि संसदमा आफ्नो भ्रमणको प्राथमिकताबारे जानकारी गराउन र आवश्यक सुझाव लिन आग्रह गर्नुभएको हो ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने प्रधानमन्त्री प्रचण्ड त्यतैबाट चीन भ्रमणमा जाँदै हुनुहुन्छ । तर, अमेरिकाकबाट चीन भ्रमणमा जाने कार्यक्रमबारे पनि पुनर्विचार गर्न सांसद पन्तको सुझाव छ ।