काठमाडौं, २१ भदौ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले विधिको शासन सबैले मान्नुपर्ने बताउनुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले काठमाडौं महानगर प्रमुख बालेन शाहलाई लक्षित गर्दै अराजक अभिव्यक्ति दिनेलाई कारवाही गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘निर्वाचित राज्यको एउटा तहको सरकार प्रमुखले विना कारण राज्यको जिम्मेवारी सम्हालेका व्यक्तिलाई चोर भन्ने शब्द प्रयोग गर्दै सिंहदरबार जलाउने उद्घोष गर्छ। हो कि होइन भन्ने कुरा उहाँहरुको आफ्नै भाषाबाट हामी बुझौं ।’
व्यवस्था परिवर्तनको लागि आफूहरु लडेको उल्लेख गर्दै रक्षाको लागि पनि लड्न तयार रहेको बताउनुभयो । यो व्यवस्थाको सुरक्षा गराउने दायित्व पनि व्यवस्था ल्याउनेहरुकै भएको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्