जनता टाइम्स

२१ भाद्र २०८०, बिहीबार १८:५३

ज्ञानेन्द्र शाहीको प्रश्न – प्रधानमन्त्रीले सडकमा मान्छे उतारेर आन्दोलन गर्छौं भन्न मिल्छ ?


काठमाडौं, २१ भदौ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अराजकताको पराकाष्ट सरकार आफैँ भएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले अराजकतालाई आफैँ प्रश्रय दिइरहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘सम्माननीय प्रधानमन्त्रीजस्तो मान्छे सडकमा आन्दोलन गर्छौं । मान्छे उर्ताछौं भनेर भाषण गर्नुहुन्छ, त्यही भएर प्रधानमन्त्रीलाई यहाँबाट जवाफ दिनुपर्छ । प्रधानमन्त्रीले यस्ता अराजक कुरा गर्न पाइँदैन ।’

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा प्रचण्डले भ्रष्टाचारविरुद्धको काम गर्दै जाँदा हटाउन खोजे सडकमा लाखौं जनता उतार्ने विवादित अभिव्यक्ति दिनुभएको थियो ।