जनता टाइम्स

२२ भाद्र २०८०, शुक्रबार १६:१०

ट्रेड युनियन अधिकार कटौती गरिएको छैन : प्रधानमन्त्री


काठमाडौं, २२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवासम्बन्धी विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगरिएको बताउनुभएको छ ।

सिंहदरबारमा आज आयोजित २० औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ट्रेड युनियन अधिकारको कुरा कटौती नगरिएको र यसलाई व्यवस्थित गर्ने काम भइरहेको बताउनुभयो ।