महोत्तरी, १९ भदौ । शरीर लकलक कामिरहेको छ । बोल्दा ओठ लरबराइरहेका छन् । कपाल र दारी सेतै फुलेको छ । जंगलको विचमा एउटा झुल टाँगीएको छ । एक वृद्ध कमजोर शरीर लिएर यही सुनासान अनकण्टार ठाउँमा २२ दिनदेखी बसिरहनुभएको छ । बल्वा नगरपालिका वडा न. ११ रौजाका मोहम्मद एलाही शेख घरवाट निस्किएको २२ दिनुभयो । शेखका अनुसार घरमा छोरा, बुवारी, श्रीमतिले तिरस्कार गरेपछि घरवाट निस्किनुभएको हो ।
मिथिला नगरपालिका–११ लालगढ स्थित अजिङगरे डाडामा भेटिएका शेखले गहभरी आशु बनाउदै भन्नुभयो,‘पारिवारिक तिरस्कारमा परेपछी घरवाट निस्किए अनि अल्लाहले यहाँ ल्याई पुर्याउनुभयो ।’ ‘कान्छो छोरा मोहम्मद नेसारुन सेअ घरमा नै छ । श्रीमती छन् । जेठा छोरा फेजुल सेख बिदेशमा छन् । उहाँले थप्नुभयो,‘तीन छोरीहरु छन, जेठी छोरी मोमिना खातुनको मटिहानीमा विवाह भएको छ, माइली छोरी नागीना खातुनको गाउँमा नै र कान्छी छोरी रविना खातुनको धनुषाको लोहोनामा विवाह भएको छ ।’
शेखले १२ बर्षदेखी घर–परिवारको तिरस्कार बनेको हुनाले एकान्त खोज्दै यहाँ आईपुगेको बताउनुभयो । उहाँले भन्नुभयो,‘घरमा बस्न नसकेपछी २२ दिन अगाडि घरबाट निस्किएको हौ अब यतै मर्छु ।’ २२ दिनसम्म केही नखाएको बताउने शेखले आफ्नो ठेगाना र पारिवारिक विवरण बताउँदा पनि बोल्न सकिरहनुभएको थिएन । उमेरले ८० बर्ष पुगेको बताउँनुहुने शेख घर फर्कन नचाहेको बताउँनुहुन्छ ।
पिकनिकको लागि त्यहाँ पुगेका ब्यक्तिहरुले देखेपपछि वृद्धको बिषयमा खोजबिन भएको थियो । त्यसपछी जिल्ला समन्वय समितिका सदस्य राजन गौतमले स्थानिय संचारकर्मीलाइ खवर गरेपछी वल्वा नगरपालिकामा जनप्रतिनिधिसगँ बुझ्दा रौजाका नै भएको प्रमाणित भएको थियो । बल्वा नगरपालिका वडा न.९ का वडा अध्यक्ष सनौल शेखले पनि एलाही शेख वडा न.११ कै भएको तर उहाँले कसरी घर छाडे भन्ने बिषयमा जानकारी नभएको बताउनुभयो । नगरप्रमुख राम विजय महतोले त्यस बिषयमा बुझेर उद्दार गर्ने बताउनुभएको छ ।














प्रतिक्रिया दिनुहोस्