जनता टाइम्स

२३ भाद्र २०८०, शनिबार ०९:११

हिन्दु हुनुमा गर्व गर्छु : बेलायती प्रधानमन्त्री


नयाँदिल्ली, २३ भदौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई भारतमा न्यानो स्वागत गरिएको छ । श्रीमतीसहित भारत आइपुग्नु भएका सुनकलाई दिल्लीमा भब्य स्वागत गरिएको हो । नयाँ दिल्लीमा उत्रे लगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै बेलायती प्रधानमन्त्रीले धेरै विषयमा खुलेर जवाफ दिनुभएको छ ।

एक सन्दर्भमा नलाई हिन्दू धर्मको बारेमा प्रश्न सोध्दा उहाँले निकै उत्साहित हुँदै भन्नुभयो, ‘म हिन्दु हुनुमा गर्व गर्छु ।’ उहाँले जी २० सम्मेलनमा आएको अवसरमा नजिकैको मन्दिर जाने कुरा पनि गर्नुभएको छ ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनक जी २० शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार भारत आईपुग्नुभएको हो । एएनआईसँग कुरा गर्दै उहाँले हिन्दू धर्मसँगको आफ्नो सम्बन्धमा भन्नुभयो, ‘म हिन्दू हुनुमा गर्व गर्छु र म यसरी नै हुर्केको छु। म यस्तै छु। आशा छ कि म यहाँ मेरो बसाइको क्रममा अर्को केही दिन मन्दिरको दर्शन गर्न पनि सक्छु।’