रुकुमपूर्व, भदौ २३। प्रेस चौतारी नेपाल रूकुम पूर्व शाखाको पहिलो अधिवेशनले माधव केसीको अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । आज सम्पन्न भेलाले केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सौगात गौतम,सचिवमा सुबिना गौतम,सहसचिवमा सोनिलिजा गौतम,कोषाध्यक्षमा शेरबहादुर केसी रहनुभएको छ । त्यसैगरी सदस्यमा नविना केसी,सविना केसी,सपना राम्जाली,माया रिजाल र अविनेस गौतम चयन हुनुभएको छ । महिला उपाध्यक्ष, समावेशी सहसचिव र एकजना सदस्य पछि थप्ने चौतारीले जनाएको छ ।
अधिवेशनको उद्धाटन समारोहलाई सम्बोधन गर्दै एमालेका पोलिटब्यूरो सदस्य खेममान खड्काले प्रेस चौतारीमा आवद्व पत्रकारले भ्रष्टाचार विरूद्व कलम चलाएर जनतामाँझ सहि सुचना फैलाउनु पर्ने बताउनु भयो । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं रूकुम पूर्वका इन्चार्ज गणेश आचार्यले अहिले सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै प्रेस चौतारीले त्यसको भण्डाफोर गर्नुपर्ने बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्