जनता टाइम्स

२३ भाद्र २०७६, सोमबार १३:०९

विमानस्थलबाट १ किलो ४ सय ग्राम सुन बरामद


काठमाडौं, भदौ २३ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १ किलो ४ सय ग्राम सुन बरामद भएको छ । हिमालय एयरलाइन्सको उडानमाफृत कतारको दोहाबाट काठमाडौं उत्रिएका होमबहादुर गुरुङ डेढ किलो सुनसहित पक्राउ परेका हुन् ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयल स्रोतका अनुसार होमबहादुरले करुवामा लुकाएर डेढ किलो सुन ल्याएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘अराइभल’ गेटमा चेकजाँच गर्ने क्रममा होमबहादुरको साथमा सुन रहेको देखिएको हो । थप चेकजाँच गर्दा होमबहादुरको साथमा डेढ किलो सुन फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले सुनसहित होमबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताएको छ ।