बाँके, भदौ २५ । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगद रुपैयाँसहित एक नेपाल सरकारका अधिकृतलाई पक्राउ परेका छन् । पक्राउपर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेको प्रहरीले जनाएको छ । प्रहरीले २६ लाख नगद रुपैयाँसहित नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘विमानस्थलभित्रबाट प्रहरीले २६ लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएका छौं’ ‘यसबारे अन्य विषयमा अनुसन्धान भइरहेको छ ।’नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई सोमबार बिहान नियन्त्रणमा लिएको थियो ।विमानस्थल प्रहरी स्रोतकाअनुसार बिहानको ८ः ४५ बजेको श्री एयरको उडानमा नेपालगन्जबाट काठमाडौं जाने तयारीमा रहेका सापकोटालाई पक्राउ गरिएको हो। चेकजाँचको क्रममा अधिकृत सापकोटा र दिपक पौडेलसँग नेपाली २६ लाख रुपैयाँ बरामद भएको हो । अर्को अधिकृत पौडेल भने फरार भएको बाँके प्रहरीले जनाएको छ । उनको खोजीको लागि अहिले विमानस्थल क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्